Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सिँजामा टेलिफोन सेवा सुचारु

सिँजामा टेलिफोन सेवा सुचारु

  • काठमाडौँ । जुम्लाको सिँजा गाउँपालिकामा पहिलो पटक टेलिफोन सेवा सञ्चालन भएको छ । नराकोटमा निर्मित टेलिफोन टावरलाई पुनः सञ्चालन गरी टेलिफोन सञ्चालन गरेको हो । 

    images
    images
    images

    यसअघिसम्म बन्द अवस्थामा रहेको टेलिफोन सेवा नव निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको पहलमा सञ्चालनमा आएको हो । सेवा सञ्चालनसँगै सिंजाबासी लाभान्वित बनेको स्थानीय डिल्लीप्रसाद तिवारीले बताए । 

    विद्युतको भोल्टेज नपुगेपछि सोलार व्याट्रि व्यवस्थापन गरेर टेलिफोन सञ्चालनमा ल्याएको नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीले जानकारी दिए ।

    सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा लिन पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij