
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
संघीय संसद्मा भोलि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । मन्त्रिपरिषद् बैठकमा सो विषयमा छलफल हुने बुझिएको छ ।
यस्तै, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा छलफल हुनेछ । सरकार आउँदो आर्थिक वर्षको बजेटको तयारीमा समेत जुटेको छ । हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij