
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले भक्तपुरको सुकुम्बासी बस्तीमा डुबान रोक्न अस्थायी तटबन्ध गरेको छ ।
श्रम तथा उत्पादनमा वाईसीएल अभियानको निरन्तरता स्वरुप वाईसीएल नेपालले मंगलबार बिहान मनोहरा सुकुमबासी बस्ती नजिकको मनोहरा नदी किनारमा तटबन्द गरेको जनाएको छ ।
मनोहरा सुकुमबासी बस्तीमा बाढी पसेर दिने सास्ती तथा बस्तीमा हुने डुवान रोक्न अस्थायी तटबन्ध लगाइएको कार्यक्रम रहेको वाईसीएलका अध्यक्ष पुष्प वलीले जानकारी दिएका छन् । तटबन्ध लगाउने काममा माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि सहभागी भएका थिए ।
नेता बस्नेतले पार्टीको जनतासँग जोडिने अभियान अन्तर्गत नै वाईसीएल नेपालले आज तटबन्ध गर्न लागेको बताएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij