Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

धादिङको गल्छी वडा नम्बर ३ मा  माओवादीका राजन भुजेलको प्यानल विजयी 

धादिङको गल्छी वडा नम्बर ३ मा  माओवादीका राजन भुजेलको प्यानल विजयी 

  • धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ मा माओवादीका राजन भुजेलको प्यानल नै विजयी भएको छ । उनले नेकपा एमालेलाई हराउँदै विजयी भएका हुन् । माओवादी केन्द्रबाट उम्मेदवार भुजेलले ७२५ मत प्राप्त गरी विजयी भएका छन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कपिलप्रसाद रेग्मीले ४८८ मत प्राप्त गरेका छन् । गल्छी गाउँपालिकाको वडा नम्बर १ मा एमालेका यदु कुमार खतिवडा विजयी भएका छन् । उक्त वडामा एकीकृत समाजवादीका माधवप्रसाद खतिवडाले ९९६ मत ल्याएर खतिवडालाई पछ्याएका थिए ।

     त्यस्तै गल्छी गाउँपालिका २ मा पनि एमालेका षडानन्द खनाल विजयी भएका थिए । खनालले १०४७ मत पाउँदा एकीकृत समाजवादीका रमेश मगरले १०३१ मत ल्याएर पछ्याएका थिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij