Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेकपा माओवादीः गोदावरी नगरमा उम्मेदवार तुलसी 

नेकपा माओवादीः गोदावरी नगरमा उम्मेदवार तुलसी 

  • ललितपुर । नेकपा माओवादीबाट गोदावरी नगरपालिका १२ वडा अध्यक्ष पदमा तुलसी महर्जनले उम्मेदवार दिनुभएको । २०४९ सालमा वडा अध्यक्ष र २०५४ सालमा उपाध्यक्ष सम्मेत निर्वाचित हुनुभएका महर्जन यसपल्ट अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    स्थानीयबासी र अन्य जनप्रतिनिधिका नजरमा महर्जन असल र सम्झदारी व्यक्तित्वको रुपमा बुझ्ने गर्दछन् । महर्जनले वडा अध्यक्ष जितेमा पहिलो प्राथमिकता पुरानो बस्तीहरुलाई लाजपुर्जा उपलब्ध गराउने बताए । 

    उनले वडामा आवश्यक अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार, बाटो, मठमन्दिर, पार्टीपैवा, ढल निकास आदिको विषयमा थुप्रै काम गरिने योजना रहेका छन् । 

    महर्जनले भने, ‘पहिले पनि वडामा बसेर काम गरिसकेको अनुभव र सेवाले वडा बासीको सबल र दुबल पक्षको ज्ञान भएकाले सबैको साथ र हैसलाबाट जित निश्चित छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij