ललितपुर । राजनीतिक दलको घरदैलो कार्यक्रममा प्रसाद र सगुन ग्रहणमा सतर्कता अपनाउन नेपाल प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ । दलको प्रचारप्रसारमा प्रसाद र सगुन सेवन गरे पश्चात बेहोस हुने र चक्कर लागेर ढल्ने घटना बढेपछि सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको हो ।