Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चुनावी मैदानमा महानगरका पुराना २२ अनुहार

चुनावी मैदानमा महानगरका पुराना २२ अनुहार

  • ललितपुर । ३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचमा ललितपुर महानगरबाट २०७४ मा उम्मेदर भएरजितेका २९ वडाअध्यक्ष मध्ये २२ जना वडाध्यक्षहरु फेरि चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर महानगरमा जम्मा ५८७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये १४७ जना वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

    images
    images
    images

    २०७४ मा एमालेबाट जितेका १५ जना वडाध्यक्षहरुमध्ये १२ जना वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । एमालेबाट नै ७ जना दोहोर्‍याएर उठेका छन् । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट २ जना, स्वतन्त्रबाट ३ जनाले फेरि उम्मेदवारी दिएका हुन् ।

    दोहोर्‍याएर वडाध्यक्षको उम्मेदवार हुनेमा एमालेबाट ४, ५, ११ , १२ , १७ , २५  र २९ नम्बरमा रहेका छन् । भने  यस्तै वडा नम्बर २ , ३ मा श्रीगोपाल महर्जन नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन् । यस्तै एमालेबाट १४, १८,र १९ नम्बर वडामा स्वतन्त्र रुपमा उठेका छन् । यस्तै नेपाली कांग्रेसबाट जितेका ९ जनामध्ये ६ जना दोहोर्‍याएर वडाध्यक्षमा उठेका छन् । जसमध्ये कांग्रेसबाट नै ४ जना र २ जना स्वतन्त्र उठेका छन् ।

    कांग्रेसबाट जितेर फेरि दोहोर्‍याएर वडाध्यक्ष १  र १३ नम्बर वडाध्यक्ष उठेका छन् । यस्तै कांग्रेसबाट ७ , ९ , १६ , २० नम्बर वडाध्यक्ष रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रले जितेको ४ मध्ये ३ वटा वडाध्यक्ष फेरि उम्मेदवार बनेका छन् । यस्तै माओवादीबाट जितेका २१ , २६  र १८ नम्बरमा फेरि वडाध्यक्षका उम्मेदवार भएका हुन् । अघिल्लो चोटि १० नम्बर वडामा स्वतन्त्र उठेर जितेका नरसिंह व्यञ्जनकार फेरि उम्मेदवार बनेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij