
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाकाे हत्या गरेकाे आराेपमा छोरा पक्राउ परेका छन् । लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेकाे आराेपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेका हुन् ।
उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घटनाबारे तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाइ छ ।
हत्या आरोपित आइतराजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij