
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । उत्तर कोरियाले व्यालिस्टिक मिसाइल प्रहार भएको छ । दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक सातापछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको हो ।
उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् । ‘उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागर (जापानको सागर) तर्फ प्रहार गरेको एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ । उत्तर कोरियाको परीक्षणको जापानले पनि पुष्टि गरेको छ । जापानको तटीय गार्डले पनि उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij