Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

आजको राशिफल 

आजको राशिफल 

  • मेष 
    विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला र विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ काम र स्रोतहरू पत्ता लाग्नेछन् ।

    images
    images
    images

    वृष
    शुभ कार्यको चर्चा चल्नेछ । धार्मिक र सांस्कृतिक सामाजिक कार्यमा सरिक हुने सम्भावना छ, तर स्वास्थ्य सुरक्षा अपनाउनु पर्नेछ ।

    मिथुन 
    दिन काट्न गारो पर्ला, ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकायको भय रहला र कर्मक्षेत्र पनि सङ्घर्षशील नै रहनेछ ।

    कर्कट
    कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातपर्न सक्छ ।

    सिंह 
    कुनै कुराले मनमा शान्ति र सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ, तर स्वास्थ्य मापदण्ड भने पूरा गर्नुहोला ।

    कन्या 
    परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुनस् प्रारम्भ हुन सक्छ ।

    तुला
    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यमा समस्या आउनका साथै काम बिग्रन सक्छ, तर साँझमा केही शुभ र नयाँ समाचार पाइन सक्छ ।

    वृश्चिक
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

    धनु
    लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोग पाइनेछ ।

    मकर 
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कुम्भ
    सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा भने फाइदा हुन सक्छ ।

    मीन
    राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij