Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हातहतियारसहित  चार जना पक्राउ

हातहतियारसहित  चार जना पक्राउ

  • रुपन्देही । रुपन्देहीबाट हातहतियारसहित चार जना पक्राउ परेका छन् ।  प्रहरीले अवैध हातहतियारसहित उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका-६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     देवदह-६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका टोलीले   पक्राउ गरिएको हो ।उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij