Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

धिरज प्रताप बने नेपाल प्रहरीको महानिरीक्षक

धिरज प्रताप बने नेपाल प्रहरीको महानिरीक्षक

  • काठमाडौं । सरकारले एआइजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा बढुवा गरेको छ।

    images
    images
    images

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गरेको हो। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन्।

    images

    उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए। नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए। २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन्।

    आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए। विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो। सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij