Logo

Aug 16 2025 | २०८२, साउन ३१ गते

Aug 16 2025 | २०८२, साउन ३१ गते

उम्मेदवारी विरुद्ध आज उजुरी दिन पाइने

उम्मेदवारी विरुद्ध आज उजुरी दिन पाइने

  • काठमाडौँ । आउँदो बैशाख ३० गते स्थानिय तह चुनावका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ ।

    images
    images
    images

    मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार  उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।

    images

    हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछन्।

    यस्तै, भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पर्सि १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । 
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij