Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति

कर्णालीका दुई जिल्लामा गठबन्धनबीच जुटेन सहमति

  • काठमाडौँ । पाँच दलीय गठबन्धनबीच कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि दुई जिल्लामा भने भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका दुई जिल्ला सुर्खेत र रुकुम (पश्चिम)मा सहमति हुन नसकेको हो ।

    images
    images
    images

    सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेको जनाइएको छ ।

    यस्तै कर्णालीका अन्य आठ जिल्लामा भने सत्ता गठबन्धनबीच भागबण्डा टुंगो लागि सकेको छ । भागबण्डा टुंगो लागेका जिल्लामा माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij