Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

रामेछाप नगरपालिकाको मेयरमा नरेशबाबु श्रेष्ठले गरे उम्मेदवारी दर्ता

रामेछाप नगरपालिकाको मेयरमा नरेशबाबु श्रेष्ठले गरे उम्मेदवारी दर्ता

  • रामेछाप । रामेछाप नगरपालिकाको मेयरमा नरेशबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्र रामेछापको तर्फबाट रामेछाप नगरपालिकाको मेयरमा श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । 

    images
    images
    images

    ३० वैशाखमा हुने स्थानीय तहको लागि निर्वाचन आयोगले ११ गते र १२ गते मनोनयन दर्ताको समय दिएको थियो ।  आयोगले दिएको नमोनयन दर्ताको दोस्रो दिन माओवादीको तर्फबाट श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । 
    रामेछापमा लामो छलफल पछि पनि सत्ता गठबन्धनको चुनावी तालमेल हुन नसकेपछि नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादीबीच चुनावी तलमेल भएको छ ।  तालमेलपछि माओवादीको तर्फबाट मेयरमा नरेशबाबु श्रेष्ठ र उपमेयरमा ढालविक्रम कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । 

    images

    श्रेष्ठ रामेछापको इमान्दार र सहयोगी नेताको छवी बनाएको नेताको रुपमा चिनिन्छन् । विचारमा प्रष्ट, इमान्दार र पारदर्शी श्रेष्ठ रामेछाप कम्युनिष्ठ आन्दोलनको धरोहर स्वर्गीय नाराणबाबु श्रेष्ठको छोरा हुन् । आर्थिक रुपमा पारदर्शी श्रेष्ठ आफूले नेतृत्व गरेको हरेक विकास निर्माण र आर्थिकसँग जोडिएका विषय प्रष्ट र पारदर्शी छन् ।
     
    आफूलाई भन्दा समाज विकास र जनतालको समास्यालाई समाधान गर्न खोज्ने नेता श्रेष्ठ जनताको हरेक दुःखमा साथ–साथै रहेका छन् । राजनीतिक नेताहरु बोल्ने र नगर्ने प्रवृद्धि बढीरहेको छ । तर, श्रेष्ठ भने आफूले सक्ने कुरा बोल्ने र बोलेको कुरा हर हमेसा पुरा गरेरै छाड्ने नेताको रुपमा स्थापित छन् ।
     
    समाजको तल्लो वर्ग र देशको उच्च वर्ग सबैसँग सम्बन्ध राख्ने सक्ने क्षमता भएको श्रेष्ठ सबैसँग समान र सहज व्यवहार गर्ने नेता हुन् । 

    nirvachan.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij