Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबीच तालमेल

रामेछाप नगरपालिकामा माओवादी र नेकपा एसबीच तालमेल

  • रामेछाप । रामेछाप नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएको छ। नेपाली कांग्रेसले कुनै दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने अडान लिएपछि अन्तिम समयमा आएर माओवादी र एकीकृत समाजवादी पार्टीबीच तालमेल गरेर जाने सहमति जुटेको नेकपा माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङले जानकारी दिए।

    images
    images
    images

    तालमेल बारे हिजोदेखी बसेको बैठक आज सहमति गरेर टुंगिएको हो। ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा मेयर माओवादीले र उपमेयर एकीकृत समाजवादीले पाउने सहमति भएको तामाङले बताए। वडा नं. १ र ७ एकीकृत समाजवादीले पाउने बाँकी ७ वटा वडा माओवादीले पाउने सहमति जुटेको छ। रामेछाप नगरपालिकामा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएसँगै एमाले,कांग्रेस र राप्रपा एक्ला एक्लै चुनाव लड्ने भएका छन्।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij