
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । नेकपा (एमाले) ले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यसअघि नै उम्मेदवार टुङ्गो गरेको र थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो ।
एमाले गण्डकी प्रदेशको निर्णयानुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहो¥याउने निर्णय गरिएको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले टिकट पाउनुभएको छ । जनकराज पौडेल यसअघि बागलुङको नगर प्रमुखसमेत हुनुहुन्थ्यो ।
यस्तै, एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाइजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ उपपालिकाको अध्यक्षमा प्रदीप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाईलाई टिकट दिएको छ ।
यस्तै, ढोरपाटन नगरपालिकामा देवकुमार नेपालीलाइै एसअघिनै टिकट दिइसकेको थियो भने करमती पुनलाई एमालेले पुन ढोरपाटनको उपप्रमुख बनाउन टिकट दिएको छ ।
यसअघिनै बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लीला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाउनुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij