
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा युवा नेता भगवान् अधिकारी उम्मेदवार बनेका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका हुन् ।
काभ्रे कांग्रेसले सोमबार अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारीले आजै उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।
नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत रहेका उनी पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।
काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकिकृत समाजवादीले प्रमुख पद पाउनेगरी गठबन्धनमा सहमति भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij