Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

तालमेल नभएका सवै स्थानमा एकीकृत समाजवादीका उम्मेदवार

तालमेल नभएका सवै स्थानमा एकीकृत समाजवादीका उम्मेदवार

  •  काठमाडौँ । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धनमा तालमेल नभएका सवै स्थानमा आफ्ना उम्मेदवार उठाउने भएको छ । 

    images
    images
    images

    महासचिव डा.बेदुराम भुसालका अनुसार सो पार्टीको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनमा तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई नै जिताउने र नभएका सवै स्थानमा आफ्नो पार्टीका एकल उम्मेदवार उठाउने निर्णय भएको छ । 

    images

    बैठकले पोखराको मेयरमा धनराज आचार्य, काठमाडौँको उपमेयरमा रामेश्वर श्रेष्ठ,हेटौडाको मेयरमा मीना लामा तथा इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा क्रमश केशव विष्ट, चिनबहादुर गुरुङ र जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    गठबन्धनको सहमति अनुसार ६ महानगर र ११ उपमहानगरका २४ पदमध्ये ६ वटा पदमा समाजवादीका तर्फबाट साझा उम्मेदवार बन्नेछन् । पाँच दलबीच महानगर उपमहानगरमा भएको भागबण्डामा समाजवादीले पोखरा महानगरको मेयर, हेटौडा उपमहानगरको मेयर तथा काठमाडौ महानगरको उपमेयरको उम्मेदवार पाएको छ । त्यस्तै इटहरी, बुटवल र तुलसीपुर उपमहानगरको उपमेयर पनि समाजवादीको भागमा परेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij