
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । धनगढीको मेयरमा हमालको पहिलो उम्मेदवारी परेको जनाइएको छ ।
धनगढीस्थित मुख्य निर्वाचन कार्यालयमा बाजागाजा र समर्थकको जुलुससहित पुगेर हमालले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सो क्रममा हमालले जनताको विश्वास नै जित्ने आधार भएको बताउँदै उनले धनगढीका नागरिकको चाहनाअनुसार आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताए ।
०७४ को निर्वाचनमा हमाल नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका थिए । सत्तारूढ गठबन्धनबाट अहिले पनि मेयरमा वड नै दोहोरिने निश्चित छ । यसपटक पनि हमाल र वडबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको जनाइएको छ ।
यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij