
Jun 20 2025 | २०८२, असार ६ गते
ललितपुर । ललितपुर महानगर पालिका वडा नम्बर १ र १० मा २ जना उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ३० गते हुने स्थानीय तह निर्वाचनमा २ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले बताए ।
ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् । ८१ वर्षका व्यञ्जनकार विसं २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ ।
त्यस्तै वडा नम्बर १ मा सुसिल सापकोटाले उम्मेदवारी दर्ता गराएको सविाकोटीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij