Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज विश्व पृथ्वी दिवस

आज विश्व पृथ्वी दिवस

  • आज विश्व पृथ्वी दिवस । विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइदै छ । नेपालमा पनि ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

    images
    images
    images

    आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् । 

    सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्र सङ्घको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनिकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij