Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

एमालेबाट कोन्ज्योसोमका यी हुन् वडाध्यक्षको उम्मेदवार

एमालेबाट कोन्ज्योसोमका यी हुन् वडाध्यक्षको उम्मेदवार

  • ललितपुर । नेकपा एमाले ललितपुरले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागिका लागि स्थानीय तहको प्रमुख उपप्रमुख र वडा अध्यक्षहरुको उम्मेदवार टुंग्याएको छ । ललितपुरमा रहेको ६ वटा स्थानीय तहमध्ये एमालेले बागमती बाहेक सबै स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवार टुंग्याएको छ । 

    images
    images
    images

    एमालेले ललितपुर महानगरपालिकाको उम्मेदवारको नामावली भने केन्द्रमा पठाएको छ । नेकपा एमालेका ललितपुर महानगपालिकाकी अध्यक्ष तथा उपमेयरकी उम्मेदवार आस्था शाक्याका अनुसार एमालेले बागमती बाहेक सबै स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवार टुंग्याएको छ । बागमतीमा आजसम्म र भोलिसम्म महानगरको सबै वडाको उम्मेदवार टुंग्याउने बताइन् ।

    images

    त्यस्तै एमाले कोन्ज्योसोम गाउँपालिकाका ५ वडामा एमालेले वडा अध्यक्ष फाइनल गरेको छ । एमालेले कान्ज्योसोम गाउँपालिका १ बाट देव बहादुर तामाङ, २ बाट रोहान घलान, ३ बाट रामशरण मगर, ४ बाट मन बहादुर थिङ र ५ बाट सानो कान्छा लामा रहेका छन् । 

    एमाले प्रदेश समिति सदस्य तथा कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षको उम्मेदवार कृष्ण मान लामाले वडाध्यक्ष र सदस्यको विषय टुंगिएको तर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको विषय भोलिसम्म टुंगिने बताए । 

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij