Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

राखेप बोर्ड बैठक आज, अन्तरिम आदेश लिएर आएका ८ सदस्यलाई बोलाइएन

राखेप बोर्ड बैठक आज, अन्तरिम आदेश लिएर आएका ८ सदस्यलाई बोलाइएन

  • काठमाडौं । राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज हुँदैछ। 

    images
    images
    images

    सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए। युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो। 

    images

    अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य २ एजेन्डा रहनेछन्। सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चिनमा हुने १९औं एशियन गेम्सलाई  मुख्य एजेन्डा बनाएका छन्।

    मन्त्री परिषद्को बैठकले यस अघि नै नवौ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij