
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । प्रसिद्ध फुटबल खेलाडी पेले अस्पताल भर्ना भएका छन् । इजरायलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना भएका पेलेको अवस्था स्थिर रहेको र केही दिनमा अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि पेलेको कोलोन टुमरको उपचारको क्रममा रहेका छन् । उनको सो रोग २०२१को सेप्टेम्बरमा पत्ता लागेको थियो ।
उनको स्वास्थ्य अवस्था राम्रो र स्थिर छ र अस्पतालबाट अबको केही दिनमा डिस्चार्ज हुनेछन् अस्पतालको विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij