Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

एमालेबाट निर्वाचित वडाध्यक्ष र पालिका उपसचिव नेकपा (माओवादी केन्द्र)मा प्रवेश

एमालेबाट निर्वाचित वडाध्यक्ष र पालिका उपसचिव नेकपा (माओवादी केन्द्र)मा प्रवेश

  • म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली  माओवादीमा प्रवेश गरेको हो।

    images
    images
    images

    दरबाङमा आयोजित कार्यक्रममा केहि महिनायता नै पार्टीको राजनीतिमा सक्रिय भएका वडाध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको छ । नेपाली वडा २ खबाङका युवा नेता हुन् ।

    images

    पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार घोषणा भएका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए।

    मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आबश्यक देखेपछि पार्टीमा आबद्ध भएको वडा अध्यक्ष पुनले बताए । वडा नम्बर २ का प्रभाबशाली युवा नेताको रुपमा परिचित नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको बताए।

    उनले माओवादीका नेता जुग्जालीको पारदर्शी व्यवहार, विकासप्रेमी दृष्टिकोण र स्पष्ट व्यक्तित्वबाट प्रभावित भएर आफु माओवादीमा आबद्ध भएको बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij