
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । पहाडी भेगमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भएको छ ।
मुख्यगरी गण्डकी, मधेश, वाग्मती र प्रदेश एकका केही ठाउँमा मेघगर्जन र चट्याङगसहित वर्षा भएको महाशाखाले जनाएको छ । अबको तीन दिनसम्म मौसम यस्तै रहने अनुमान छ ।
अहिले नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । प्रि-मनसुनमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij