Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

किभको सैन्य हार्डवेयर कारखानामा रुसी हमला

किभको सैन्य हार्डवेयर कारखानामा रुसी हमला

  • काठमाडौँ । युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामासो हमला भएको हो । 

    images
    images
    images

    किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए । रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । 

    ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।

    गत महिना किभ वरपरका क्षेत्रहरूबाट रुसी सेनाहरू फिर्ता भएपछि राजधानीमा भएको यो पहिलो हमला हो । रुसले आफ्नो सम्पूर्ण शक्ति पूर्वी दोनाबास क्षेत्रमा केन्द्रित गर्ने जनाएको छ । 

    रूसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टको उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।

    ब्ल्याक सिमा आफ्नो युद्धपोत जहाजमा ठूलो क्षति बेहोरोपछि रुसले ठूलो झड्का महसुस गरेको छ । समुद्री युद्धपोतलाई युक्रेनी सेनाले ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ । 

    युक्रेनले युद्धपोतलाई मिसाइल आक्रमणको निशानामा परेको बताए पनि रुसले जहाजमा रहेको गोलाबारुद विस्फोटका कारण आगलागी भएको दाबी गरेको छ । सोही हमलालाई लिएर रुसले तेस्रो विश्वयुद्ध सुरु भएको चेतावनी दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij