Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

एक्लै चुनाव लड्ने कांग्रेसको तयारी

एक्लै चुनाव लड्ने कांग्रेसको तयारी


  • काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलबीच सहमति हुन नसक्दा गठबन्धन आवद्ध दलहरू एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन् । 

    images
    images
    images

    चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरू आ–आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको जनाइएको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ । 

    कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासिन दलले गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको बताए । प्रदेशमा आफूहरुले एक्लाएक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापती शाहीले जानकारी दिए । 

    उनका अनुसार सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अबस्था आएको छ । तर, यसले गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उनले बताए ।  

    स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा कुनै पनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो ।

    यस्तै एमालेका एक नेताले गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेद्वारमा समेत फेरबदल गर्ने संकेत देखिएको र नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने बताए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij