
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । प्रस्तावित देशमा सिफारिस भएका २० राजदूतविरूद्ध उजुरी आह्वान भएकाे छ।समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार सिंहदरबारमा आज बसेको समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको जानकारी दिए।
उक्त विषयमा सार्वजनिक सूचना प्रकाशन गरी उजुरी दिन १० दिनको समय दिने कर्णले बताए। प्रस्तावित राजदूतविरूद्ध उजुरी आह्वान भए पनि उनीहरूको संसदीय सुनुवाइ स्थानीय निर्वाचनपछि हुने कर्णले बताए।
यसअघि सरकारले चीनसहित विभिन्न २० देशका राजदूत सिफारिस गरेको थियो। राजदूत सिफारिस भएकाहरूमा १२ जना राजनीतिक नियुक्तिका छन् भने ८ जना परराष्ट्र सेवाका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij