
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउँदै आएको नेकपा एमालेले यस बर्ष पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ ।
एमालेका पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजाललका अनुसार यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी भएको र अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।
बल्खुस्थित केन्द्रीय कार्यालय २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि केही वर्ष एमालेले धुम्बाराहीबाट केन्द्रीय कार्यालय चलाएको थियो । गत वर्ष मात्रै थापाथलीमा सरेको एमालेले केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सार्ने तयारी भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij