Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

उत्तर कोरियाली ह्याकरले चोरे ६२ करोड अमेरिकी डलर

उत्तर कोरियाली ह्याकरले चोरे ६२ करोड अमेरिकी डलर

  • काठमाडौँ । उत्तर कोरियाली ह्याकरहरुले ६२ करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरेको खुलासा भएको छ । अमेरिकाको संघीय जाँचबुझ निकाय एफबीआईले उत्तर कोरियाली ह्याकरहरुका समूहले एक भिडियो गेम कम्पनीबाट एकैपटकमा ६२ करोड डलर चोरी गरेको खुलासा गरेको हो ।

    images
    images
    images

    अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार उत्तर कोरियाली ह्याकिङ समूह लजारस ग्रुप र एपीटी ३८ ले मार्च २९ का दिन ६२ करोड डलर बराबरको इथेरियम नामक क्रिप्टो चोरी गरेका थिए ।

    यसअघि भिडियो गेम ‘एक्सी इन्फिनिटी’ को कम्प्युटर सञ्जाल ह्याकर भएको जनाइएको थियो । ‘एक्सी इन्फिनिटी’ को निर्माता कम्पनी स्काई माभिसले मार्च २९ मा अज्ञात ह्याकरहरुले ६० करोड बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको जनाएको थियो ।

    सर्वोच्च नेता किम जोङ उनको शासनकालमा उत्तर कोरियाले साइबर आक्रमणमार्फत ठूलो परिमाणमा पैसा संकलन गर्दै आएको बताइन्छ । साइबर आक्रमणबाट चोरी गरेको पैसा उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रममा खर्च गर्दै आएको छ । उत्तर कोरियाले गत महिनामात्रै चार वर्षपछि पहिलो पटक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

    क्रिप्टोकरेन्सीको निगरानी गर्दै आएको चेनएनलाइसिस नामक श्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार पछिल्ला केही वर्षयता लजारस ग्रुपले साइबर आक्रमणमार्फत अनुमानित १ अर्ब ७५ करोड बराबरको डिजिटल मुद्रा चोरी गरिसकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij