
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा जिल्ला सुरक्षा समितिले बाजुराले ७० मतदान केन्द्र तोकिएको छ ।
ती मध्ये ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील र सातवटा सामान्य रहेको जनाएको छ । मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् ।
जिल्लाका ७० वटामतदान केन्द्रका र ११२ वटामतदान स्थलहरु छन् । जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपालगायत १३ वटाराजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij