
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाै । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तस्वीर हटाउन भनेका छन् । उनले नेकपा माओवादी केन्द्रले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् ।
'मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् ।' प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले भने, 'निर्वाचन आचारसंहिता र कर्मचारी आचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन ।'
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij