
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार बिहान देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाले दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यस्तै बाँकी भागमा आंशिक बदली रहने छ। यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी, राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको केही स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij