Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मंगलबारदेखि काठमाडौंमा मेलम्ची 

मंगलबारदेखि काठमाडौंमा मेलम्ची 

  • काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोकाबाट सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत्र मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    AGNI GROUP

    नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।​ 

    ज्ञाताल आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पानी पुनः सञ्चालन गर्न लागिएको हो । सरकारको लक्ष्य अनुरूप निर्धारित समयमा आयोजना पुनः सञ्चालन गर्न खानेपानी मन्त्रालयले कार्ययोजनासहित काम अघि बढाएको थियो।

    नझालबार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुमागमार्फत दैनिक १७ करोड लिटर  पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइने छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij