
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ। नयाँ लाइसेन्सको लागि अझै एक महिना नखुल्ने यातायात विभागले जनाएको छ ।
फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी यातायात विभागले गरेको जानएको छ । विभागका अनुसार अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी छ। त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना छ।
परीक्षामा उत्तिर्ण भइसकेकाहरूकै लाइसेन्स दिन विभागले ढिलाइ गरिरहेको छ। नयाँ लाइसेन्सका लागि करिब ६ लाखले आवेदन दिएका थिए। यो संख्या कम भएपछि मात्रै विभागले नयाँ आवेदन खुला गर्नेछ।
पुराना आवेदनका परीक्षार्थीका परीक्षा सकेपछि नयाँ आवेदन खोल्ने र एक साताभित्रै परीक्षा लिने व्यवस्था मिलाउने विभागको भनाइ छ। गत चैत १ गतेदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij