
Jun 19 2025 | २०८२, असार ५ गते
ललितपुर । ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले मेयरमा उठ्ने घोषणा गरेकी छन् । सत्याल गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको उमेयरमा विजयी भएकी हुन् । नेपालीकी कांग्रेसकी नेतृ सत्याल महानगरपालिकाको मेयरमा उठ्ने भएकी हुन् ।
सत्याल २०४८ साल देखि कांग्रेसको राजनीतिमा संक्रिय छिन् । उनी हाल नेपाली कांग्रेस ललितपुरको महाधिवेशन प्रतिनिधि रहेकी सत्याल नेपाल महिला संघ ललितपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा छिन् । ललितपुर महानगरपालिका वडा नं.१४ मा निवासी उनीले ललितपुर महानगरको प्रमुख पदको दावेदारी गरेकी छन्।
५ वर्षको कार्यकालको अनुभवले मेयरमा आउन लागेको सत्याले बताइन् । उनले आफूले महानगरमा ५ वर्षमा गरेको काम नगर र नगरवसीको हितमा रहेको दाबी गर्दै आफू मेयरमा उठ्ने घोषणा गरेकी छन् ।
ललितपुर महानगरपालिकाको उपमेयर पदमा रहेर पाँचवर्षको अवधिमा काम गरिरहँदा अब भने नगर प्रमुखको कार्यकारी पदमै रहेर जनताको सेवा गर्नु पर्छ भन्ने सोच आएको सत्यालले बताइन् । ‘सबै महानगरवासीहरुको हकहितको लागि प्रत्यक्षरुपमा काम गर्न आफूलाई सक्षम महसुर गरेँ । त्यसैले नगर प्रमुख पदमा उम्मेदवारीका लागि दाबी गरेँ । मैले यसरी दाबी गरिरहँदा पार्टीले विश्वास गरेर जिम्मेवारी दिएको अवस्थामा म तयार छु।’ उनी भन्छिन्।
आफ्नो उपमेयरमा दाबी रहेपनि पार्टीको निर्णय अन्तिम भएकोले पार्टी निर्णय नै मुख्य हुने उनले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij