
Apr 21 2025 | २०८२, वैशाख ८ गते
अछाम । अछाममा क्रियाशिल ३ राजनीतिक दलले आगामी स्थानीय तह चुनावमा गठबन्धन गर्ने भएका छन् ।
अछाममा क्रियाशिल ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।
कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा निकाल्दै उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरुलाई गठबन्धनको मर्म र भावना अनुसार अघि बढ्न अनुरोध पनि गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij