
Apr 21 2025 | २०८२, वैशाख ८ गते
सरकारले लामा दूरीका सार्वजनिक सवारीको भाडा बढाएको छ। सरकारले १५ प्रतिशतसम्म गाडीको भाडा बढाएको छ ।
यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै गाडीको भाडा बढाएको हो । यातायात व्यवस्था विभागका अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको हो। यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाउने यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले निर्णय गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij