
Apr 21 2025 | २०८२, वैशाख ८ गते
ललितपुर । ललितपुरमा नेकपा माओवादी सहितको सत्ता गठबन्धन बैठक बस्ने भएको छ ।
काङ्ग्रेस ललितपुर सभापति जितेन्द्र श्रेष्ठ मलेखुलेका अनुसार जिल्लामा रहेका ६ स्थानीय तहको भागवण्डा टुंगो लगाउने विषयमा छलफल गर्न जिल्लामा रहेका सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।
यस्तै जिल्लामा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीबीच दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
त्यस्तै माओवादी केन्द्रका ललितपुर इन्चार्ज हरि दाहाल ‘ललित’ले संयन्त्रको पहिलो बैठक बस्न लागेको बताए । उनले जिल्लामा रहेका ६ वटै स्थानीय तहको भागवण्डा बाडफाट गर्न छलफल हुन लागेको बताए ।
वैशाख ३० गते हुने निर्वाचनमा ललितपुरमा साना ३१ दल दर्ता भएका छन् । निर्वाचन कार्यालय ललितपुर प्रमुखका अनुसार राष्ट्रिय पार्टी रहेका ६ दल सहित ललितपुरमा ३७ दलले स्थानीय निर्वाचनमा भाग लिनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij