Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

बागलुङको ग्रामीण वस्तीमा टेलिकमको सेवा विस्तार

बागलुङको ग्रामीण वस्तीमा टेलिकमको सेवा विस्तार

  • काठमाडौं । बागलुङमा फोन सेवाका लागि घन्टौं हिँड्नुपर्ने बाध्यता हटेको छ । बागलुङको कुश्मा नगरपालिका–१४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरेर टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याएसँगै सेवाग्राही फोन सेवाको लागि घन्टौं हिड्नु पर्ने बाध्यताबाट मुक्त भएका हुन् ।

    images
    images
    images

    टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका–७ को रापु राम्जा वडा नम्बर ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भूभागसँगै सिल्मी, पकुवा, आर्थरसँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीमा कभरेज पुगेको छ।

    images

    टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफ्नो सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्र रुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङले जनाएको छ । 

    टेलिकमले टुजीमार्फत भ्वाइस र थ्रिजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए।टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ। 

    भौगोलिक विकटता, उपकरण पुर्‍याउन निकै कठिन परिस्थितिको सामना गर्दै टेलिकमसँगको सहकार्यमा मोबाइल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिकाले जनाएको छ । पहिले डाँडाकाँडातिर पुगेर फोन गर्नुपर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोबाइल डाटा मार्फत इन्टरनेट चलाउन सहज भएको स्थानीयले बताएका छन्।

    images

    टेलिकमले मोदी गाउँपालिका–३ लाङदी देउरालीमा पनि टावर निर्माण गरी सेवा सुचारु गरेको जनाएको छ। उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोबाइल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वत कार्यालयले जनाएको छ ।  सेवा सुचारु भएपछि भ्वाइससँगै उच्च गतिको अत्याधुनिक प्रविधिको फोरजीमार्फत् इन्टरनेट (मोबाइल डाटा) चलाउन सहज भएको कार्यालयको दाबी रहेको छ । 

    मोबाइल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका–३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नम्बर ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नम्बर ५ को बाजुङका झण्डै १२ सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिकाले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij