
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो ।
रुसी सुरक्षाकर्मीहरूले युक्रेनी स्वास्थ्य संस्थाहरूमा आक्रमण गर्दा ७१ जनाको मृत्यु पनि भएको डब्लुएचओको प्रतिवेदनमा उल्लेख गरिएको छ ।डब्लुएचओको प्रतिवदेन पढेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।उहाँले भन्नु भएको छ, “मानिसको स्वास्थ्यको अधिकारको रक्षा हुनु पर्दछ, स्वास्थ्य संस्था माथि जस्तो सुकै युद्धका बेलामा पनि आक्रमण गर्न पाइदैन ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij