Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रुपन्देहीमा हातहतियार बुझाउन निर्देशन

रुपन्देहीमा हातहतियार बुझाउन निर्देशन

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी ईकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन सुचना जारी गरेको हो ।

    images
    images
    images

    गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार निर्वाचन पश्चात् हातहतियार फिर्ता हुनेछ । बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

    कोही–कसैले कुनै पनि इजाजत वा  बिनाइजाजतका हातहतियार राखेको भए पनि आगामी चैत मसान्तसम्म स्वतःस्फूर्त रूपमा बुझाउन सकिन्छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा वा यस अवधिमा भेटिएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने कार्यालयले जानकारी दिएको छ ।

    letter_Jtx5M7ZzWw.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij