
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परेको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार माघ १६ गतेदेखि हालसम्ममा संक्रमण देखिएको हो । हालसम्म बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको छ । बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij