Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेमा विष्ट 

एमालेमा विष्ट 

  •  

    images
    images
    images

    काडमाडौं । नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका निर्वाचित सदस्य ठम्मरबहादुर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन्  । 
     
    नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गरेका हुन् ।

    विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेका नेता–कार्यकर्तालाई नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गरेको जनाईइको छ ।


    सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रदेश सांसदमा निर्वाचित विष्टले केही दिनअघि संसद, संसदीय दल र पार्टीबाट राजीनामा दिएका थिए ।  

    यस्तै नेकपा माओवादी केन्द्रले विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको जनाएको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij