
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ । बिहीबार राती देखि ३५ घण्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानकारी दिएका छन् ।
रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु घोषणा गरिएको हो । सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij