
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौं/ नेपाल नगरपालिका संघले यस बर्षको मुल्याँङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ । संघले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । नगरपालिका संघको आफ्नो २९ औं साधारणसभाका अवसर पारेर ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गरेका थिए ।
संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । संघले यी दुई नगरपालिकालाई यस वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरेको हो ।
शहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट ठहर भएको छ । यसैगरी वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो । स्थानीय आर्थिक विकास विधामा हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ । हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ । सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij