Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

रिस बोकेर श्रीमानमाथि किटानी जाहेरी, प्रहरी नै तीन छक्क !

रिस बोकेर श्रीमानमाथि किटानी जाहेरी, प्रहरी नै तीन छक्क !

  • जीबी लामा

    images
    images
    images

    ललितपुर । घरकी श्रीमतीको आक्रोशले समाजमा कस्तो घटना हुँदो रहेछ ? ललितपुरको एक प्रहरी प्रभागमा घटेको घटनाले यसलाई प्रष्ट पारेको छ ।  

    एउटी महिला दौडेर प्रहरी प्रभागमा पसेपछि एकाएक हल्लीखल्ली भयो । ती महिलाले सोधपूछ नाघेर ‘उजुरी कता दिने ?’ भन्दै सोधिन् । ‘के को उजुरी ?’ भनेर प्रभागमा तैनाथ प्रहरीले सोध्न नपाउँदै ती महिलाले भनिन्, ‘मेरी छोरीको बलात्कार भयो ।’ यस्तो मौखिक जाहेरी सुनेपछि प्रहरीले यसलाई संवेदनशील घटना मान्यो । ती महिलालाई उजुरी शाखासम्म पु¥याए । 

    त्यसपछि घटनाको सम्बन्धमा महिलाले जाहेरी दिइन्, ‘मेरो श्रीमानबाट छोरीको बलात्कार भयो । श्रीमानलाई पक्राउ गर्नुस् ।’ यति भनेपछि प्रहरीले तत्कालै उनको श्रीमानको ठेगाना बुझेर ‘तुरुन्त हाजिर गराउनु’ भनेर मातहतलाई आदेश दियो । प्रहरीको दलबल पुगेर श्रीमान विनोद (नाम परिवर्तन) लाई पक्रेर ल्यायो । यसपछि दुवैपक्षसँग सोधपुछ प्रारम्भ भयो । सोधपुछ भईरहँदा प्रहरी आफै झुक्किएको निष्कर्ष निकाल्यो । 

    प्रारम्भमा संवेदनशील भनिएको घटना अन्त्यमा श्रीमतीको रिसले झुठो जाहेरी दिएको देखियो । श्रीमतीले प्रहरीमा जाहेरी गरेर श्रीमानलाई जेलमा कोच्ने योजना रहेको खुल्यो । जबकी ती नवविवाहिता जोडीको कुनै सन्तान समेत नभएको प्रहरी स्रोतले अनलाइन पत्रिकालाई जानकारी गरायो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij