Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला संगठनहरुद्वारा संसद विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा

महिला संगठनहरुद्वारा संसद विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा

  • काठमाडौं । विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधि सभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । आज बिहिवार अखिल नेपाल महिला संघ९अनेम०, समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशिल (महिला)संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    images
    images
    images

    सरकारको कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैह्रजिम्मेवारी र नालायकीपन ठहर गर्दै आन्दोलनको घोषणा गर्नुपर्ने उनले बताइन। सरकारको कदम विरुद्ध नेपाल बार एशोसियसनका पदाधिकारीसँग छलफल गर्ने, संविधानविद्हरुसँग अन्तरक्रिया गर्ने, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउने र देशव्यापी जनप्रर्दशन गर्ने गरी संघर्षका कार्यक्रम घोषणा गरिएको पनि समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादवले बताइन ।

    प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धी संस्थागत नभई प्रतिगामी शक्तिहरु सल्बलाउने भन्दै महिला संगठनहरुले सरकारको यो कदम नस्वीकार्ने बताएका छन् । देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकोले सरकारले गरेको चुनावी घोषणाले देशको आर्थिक अवस्था अझ धरासायी बन्ने निष्कर्ष उनीहरुको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij